सल्यानटारमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाइने (खेलकुद मन्त्रालयको  पत्रसहित)

2002 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ : युवा तथा खेलकुद मन्त्रालयले धादिङको सल्यानटार प्रदेश नम्बर १ को सुनसरीमा  प्याराग्लाइडिङको प्रशिक्षण केन्द्र स्थापनाका लागि आवश्यक स्वीकृति दिन नेपाल नागरिक उड्डयन प्रधिकरणमा पत्राचार गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको प्रस्ताव अनुसार धादिङ सल्यानटारमा र प्याराग्लाइडिङ ट्रेनिङ सेन्टर तथा हवाइ मैदानका लागि मन्त्रालयबाट मन्त्रीस्तरीय निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरणमा पत्राचार भएको हो ।

बहुचर्चित बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माण स्थल नजिकै पर्ने  धादिङको सल्यानटार र प्रदेश नम्बर १ अन्तर्गत सुनसरीको बराहक्षेत्र आसपासमा हवाइ मैदान तथा ट्रेनिङ सेन्टरका लागि प्रस्ताव भएको छ । त्यसअनुसार प्राधिकरणले हवाइ मार्गको रुट निर्धारण गर्ने भएका कारण मन्त्रालयले पत्राचार गरेको हो ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको टेक्निकल टोलीले स्थान छनोट गरी राष्ट्रिय खेलकुद परिषदमा राखेपमा पेश गरेको थियो । राखेपले सोही अनुसार मन्त्रालयमा पत्राचार गरेको थियो । प्राधिकरणबाट स्वीकृति पाएपछि पूर्वाधार निर्माण लगायतका काम सुर हुने मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पोखरा र स्याङजामा मात्र प्याराग्लाइडिङ प्रशिक्षण स्थल छन् । स्याङजामा एकेडेमी रहेको र पोखरा बढी व्यवसायिक ठाउँ रहेकाले प्याराग्लाइडिङ खेलाडीहरुले नै सुरक्षित र बैकल्पिक ट्रेनिङ सेन्टरको माग गरिरहेका छन् ।

हालै सम्पन्न १८औं एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेपछि प्याराग्लाइडिङको बिकासका लागि राखेप र मन्त्रालय पनि उत्तरदायी देखिएको छ ।

      बहुचर्चित ६ सय मेगावाट बुढीगण्डकी जलबिद्युत्त आयोजनाको कारण पछिल्लो समय निकै चर्चामा रहेको छ धादिङको सल्यानटार । बुढीगण्डकी र नेत्रावती नदीको किनारमा रहेको सल्यानटार  प्रस्तावित बुढीगण्डकी आयोजना बनेमा डुवानमा पर्ने हल्लाले स्थानीयवासीमा त्रास  छ ।