धादिङका कृशल कँडेल नेपाल आईडलको उत्कृष्ट १० मा

2251 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेपालमा चलिरहेको अन्तराष्ट्रिय स्तरको  चर्चित  रियालिटि शो ‘नेपाल आइडल‘ सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १० मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका सल्यानकोटका स्थायीवासी कँडेल परिवार नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले निर्णायकहरुको  मन जित्दै आएका कृशलले पछिल्लो शो को प्रस्तुतीबाट अतिथिहरुलाई पनि खुशी पार्न सफल भएका थिए ।कृशल नीलकण्ठ क्याम्पसका प्राध्यापक मोहन कँडेलका कान्छा सुपुत्र हुन ।

 नीलकण्ठ मा.वि.बाट प्राविधिक बिषयमा एस.ई.ई उत्तिर्ण गरेका  उनी धादिङ जिल्ला बाट सो स्थानमा पु्ग्ने पहिलो प्रतिस्पर्धी हुन् ।  बिद्यालय उमेर देखिनै गित संंगितमा निकै रुची राख्दै विभिन्न कार्यक्रमहरुमा सहभागी भएर उपाधि जित्न सफल हुंदै आएका  कृशल केही समय अघि हिमालय टेलिभिजनबाट प्रसारित राष्ट्रिय स्तरको गायन प्रतियोगीता लैवरी सिङगिङ स्टारमा को दोश्रो स्थान मा पुग्न सफल भएका थिए ।

शुक्रबारको नेपाल अइडलको ‘एलिमिनेशन राउण्ड’ बाट १ प्रतियोगी बाहिरिएपछि धादिङका कृशल कँडेल सहित १० जना नेपाल आइडलको उत्कृष्ठ १० मा पर्न सफल भएका छन् ।   शुक्रबार हिना मल्ल बराइली बाहिरन पुगिन । अब प्रतियोगितामा उत्कृष्ट १० जना प्रतियोगी रहेका छन ।

एपीवान टेलिभिजन र मोबाइल एप्स रेस्पेक्ट एण्ड राइजबाट एक साथ प्रशारण हुने नेपाल आइडलमा बिहिबार राती साढे ८ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म दर्शकले भोटिङ गर्न सक्नेछन् । भोटिङको आधारमा सबैभन्दा कम मत ल्याउने प्रतियोगी हरेक साताको अन्तिम अर्थात शुक्रबारको इपिसोडबाट एलुमिएसनमा पर्नेछन् ।

यसरी हरेक साताको एपिसोडबाट एक–एक जना एलुमिएसन हुँदै अन्तिम तीन जनाको बीच ग्राण्ड फिनाले भई नेपाल आइडलको चयन हुनेछ । अब जुन प्रतियोगीले भोटिङमा बढी लगानी गर्छ उही छानिदैँ जाने चान्स बढी हुन्छ ।

यी हुन उत्कृष्ट १० प्रतियोगी

कृशल कँडेल,अमित बराल, अस्मिता अधिकारी, विवेक बराल,  मीन राज पौडेल, निलिमा थापा मगर, रवि ओड, पवन गिरी, सुविन सिंह र सुमित पाठक ।