गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज जडान

991 पटक पढिएको

प्रकाशित मिति: २०७५, २५ आश्विन बिहीबार २०:४०

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ २५ असोज –  धादिङ जिल्लाको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज संचालनमा ल्याईएको छ । गजुरी गाँउपालिकाले करिव नौ लाख खर्च गरेर मर्चरी फ्रिज गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो ।
सवारी दुर्घटना तथा अन्य घटनाहरुमा परेर ज्यान गुमाएकाहरुको पोष्टमार्टम गर्न सनाखत नहुदाँ सम्म शवहरु राख्नु पर्दा शव कुहिएर पटक पटक दुर्गन्ध फैलिने गरेको समस्याको कारण स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिजको व्यवस्था गर्नु परेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेतले वताए ।
धादिङ क्षेत्र नम्बर १ बाट संघिय सांसद भुमी प्रसाद त्रिपाठीले मंगलबार एक कार्यक्रमका बिच मर्चरी फ्रिजको शुभारम्भ गरेका थिए । राजमार्गमा हुने सवारी दुर्घटनाका कतिपय घाइतेहरुले तुरुन्त उपचार नपाँउदा राजधानी लैजाने क्रममा बाटोमै उनिहरुको वाटोमै मृत्यु हुने गरेका छन् । कयौ घाईतेहरु अचेत अवस्थामा रहेकै बेला एम्बुलेन्स चालक र अस्पताल संचालकहरु मार्फत बेचिनु परेको कारण गजुरीको प्राथमिक स्वास्थ्य केन्द्रलाई हाईवे ट्रमा सेन्टरको रुपमा विकास गरिनुपर्ने धादिङ क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठी वताउँछन । तुरुन्त उपचार सेवा दिन र घाइतेहरु अचेत अवस्थामा बेचिनु पर्ने अवस्थाको अन्त्यका लागि ट्रमा सेन्टरको आवश्यक भएको र त्यो ट्रमा सेन्टर गजुरीमै बनाउन पहल गर्ने सांसद त्रिपाठीको भनाई छ ।
बस्तीको बीचमा रहेको स्वास्थ्य केन्द्रमा सामान्य अवस्थामा हप्तौसम्म वेवारिसे शवहरु राख्दा दुर्गन्ध फैलिएर स्थानीयहरुलाई असर गर्ने भएकाले र्मचरी फ्रिज प्रयोगमा ल्याएको गाँउपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले बताईन । अति आवश्यकीय सेवा महशुस मर्चरी फ्रिज ल्याएका छौ । जिल्लामै पहिलो पटक र्मचरी फ्रिस ल्याएका हौ । अव दुईवटासम्म वेवारिसे शव राख्न सक्छौ । राजमार्गको क्षेत्रका घटना तथा दुर्घटनाका विरामी तथा घाईतेको उपचार गर्ने व्यवस्था गर्न गजुरी गाँउपालिकाको श्रोतबाट मात्र पर्याप्त नहुने भएकाले संघिय तथा प्रदेश सरकारको तर्फबाट थप सेवा विस्तार तथा औषधी व्यवस्था मिलाउन आग्रह गरिएको गजुरी गाउँपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष एवं गजुरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डितले वताए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, २५ आश्विन बिहीबार २०:४० मा प्रकाशित