‘गाउँको लागि गाउँकै आवाज’ रेडियो मान्खु ९१.१ मेघाहर्ज परिक्षण प्रशारण शुरु

2249 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे-‘गाउँको लागि गाउँकै आवाज” भन्ने उदघोषका साथ धादिङको थांक्रे गाउँपालिकाको मान्खुबाट रेडियो मान्खु प्रशारणमा आएको छ । मान्खु संचार केन्द्र थांक्रे–११ ले संचालनमा ल्याएको रेडियो मान्खु ९१.१ मेघाहर्जमा सुन्न सकिनेछ ।
संस्थाका सचिव सुशिला अर्यालले दिएको जानकारी अनु्सार यहि असोज १ गते देखि परिक्षण प्रशारण शुरु गरेको रेडियो मान्खु अहिले हरेक दिन विहान ६ वजे देखि राती १० वजे सम्म प्रशारण भईरहेको छ । रेडियोबाट सूचना र मनोरन्जनका साथै स्थानीय समुदाय संग सरोकार राख्ने सवालहरुलाई समेटेर कार्यक्रम तथा समाचार प्रशारण गर्ने , देश विदेशका जानकारीहरु समुदायमा प्रवाह गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष उषा न्यौपानेले वताउनु भयो ।
रेडियो मान्खु समेत गरी धादिङ जिल्लामा दर्ता भएको रेडियोको संख्या ११ पुगेको छ । धादिङमा अहिले सम्म रेडियो धादिङ, रेडियो त्रिशूली,रेडियो लोकतन्त्र, रेडियो कृषि, रेडियो विहानी,कृषि एफएम,  रेडियो राजमार्ग, युनिक एफएम( रेडियो झिलिमिलि), नीलकण्ठ एफएम दर्ता भएका छन । यि मध्ये सिमित रेडियो मात्रै नियमित संचालनमा रहेका छन ।