नेकपा धादिङको शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

2567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ९, कात्तिक – दुई ठुला कम्युनिष्ट पार्टी बिच एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले शुक्रवार धादिङबेसीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
विजयादशमी, दिपावली, नेपाल सम्वत, छठ लगायतका मुख्य चाडपर्वको अवसर पारेर नेकपा धादिङले शुक्रवार धादिङबेसीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो । नेकपा धादिङका नेता एवम धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सांसद भुमिप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्प कँडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सल्लाहकार सदस्य बेदनिधि अधिकारी, केन्द्रिय सदस्य एवम धादिङ क्षेत्र नम्बर २ का सांसद खेमप्रसाद लोहनी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, नेकपा केन्द्रिय सदस्य एवम प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, ३ नम्बर प्रदेश सभाका सांसदहरु डाक्टर रामकुमार अधिकारी, जगत सिम्खडा लगायतको आतिथ्य रहेको थियो । यसै गरी नेपाली काँगे्रस धादिङका नेता एवम पुर्व सांसद रामनाथ अधिकारी, सभापति रमेश धमला, नयाँशक्ति पार्टीका जिल्ला नेता नन्दप्रसाद काप्री, प्रम्ुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक डम्बरवहादुर बिक, धादिङ उद्योग वाणिज्य संघ का अध्यक्ष वोदनाथ दुवाडीको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे,नयाँ शक्ति धादिङका नेता नन्दप्रसाद काप्री, नेपाली काँगे्रसका सभापति रमेश धमला, जिल्ला समन्वय समितिका प्रमख जगन्नाथ नेपाल, प्रदेश सभाका सांसदहरु डाक्टर रामकुमार अधिकारी, जगत सिम्खडा, संघीय संसदका सांसद खेमप्रसाद लोहनीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कडेंलले वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई व्यवहारमा उतार्न प्रतिवद्ध रहेको मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजान सरकारले निती तथा कार्यक्रम वनाई योजना अघि सारेको वताउनु भयो ।डा.पुष्प कंडेलले वर्तमान सरकारले नेपालको सम्पूर्ण क्षेत्रका योजनाको प्रारम्भीक स्तम्भ निर्माण गरिरहेको र यसका निम्ती राष्ट्रिय योजना आयोगले सकृयताका साथ काम गरिरहेको हुँदा सम्पूर्ण नेपालीहरुलाई ढुक्क भएर बस्न आग्रह गर्नुभयो ।
साथै आफु पनि यसै जिल्लाको बासिन्दा भएकाले जिल्लामा रहेका ठुला आयोजनाहरु बुढिगण्डकी जलविद्युत आयोजना, धादिङवेशीं तिप्लिङ सडकखण्ड, धादिङवेशीं सल्यान्टार सडक खण्ड, भिमढुङ्गा लामीडाँडा सडकखण्ड लगायतका आयोजनाहरु समयमानै सम्पन्न गर्नको निम्ति पहलकदमी गर्ने पनि बताउनुभयो । बजारमा प्रतिपक्षले सिर्जना गरेको भ्रमको पछि नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले नेपालमा आवश्यक दक्ष जनशक्ती अभाव भएकोले भविश्यमा देशको लागि आवश्यक दक्ष जनशक्ती उत्पादनका लागि स्थानिय जनप्रतिनिधिहरुलाई आवश्यक पहलकदामी गरि परिमाणात्मक भन्दा गुणस्तरिय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
शुभकामना मन्तव्य सँगै कार्यक्रममा उपस्थित नेताहरुले दुई कम्यूनिट पार्टि विचको एकता अन्तीम चरणमा पुगेकोले जिल्लाका सम्पूण नेता कार्यकर्ताहरुलाई एक ढिक्का एक मनाका साथ आ–आफ्नो स्थानिय तहहरुमा पार्टि एकता सम्बन्धी कार्यक्रमहरु अगाडी बढाउन आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला तहका नेता कार्यकर्ता, नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु,पार्टीका सदस्यहरु, विभिन्न जनवर्गिय संगठनका प्रतिनिधि, पार्टीका शुभेच्छुकहरुको बृहद उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागिहरुलाई नेकपाका जिल्ला सदस्य शम्भु श्रेष्ठले स्वागत गर्नुभएको थियो भने अर्का नेता विजय वुर्लाकोटीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।