धादिङका स्थानीय तहले मोवाईल एप्स सञ्चालनमा ल्याउन थाले

1210 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङका स्थानीय तहले मोवाईल एप्स निर्माण गरी सञ्चालनमा ल्याउन थालेका छन् । जिल्लामा रहेको १३ वटा स्थानीय तह मध्ये अहिले सम्म नीलकण्ठ नगरपालिका,धुनिबेशी नगरपालिका,सिद्धलेक र गजुरी गाउँपालिकाले मोवाईल एप्लिकेशन सञ्चालनमा ल्याएका छन ।
मोवाईलको बढ्दो प्रयोगलाई ध्यानमा राखी स्थानीय तहहरुले आफ्ना सेवा सुविधा, वजेट, निति कार्यक्रमहरुको वारेमा सहज ढंगबाट आम नागरिकलाई जानकारी दिने उद्धेश्यले यस्ता एप्सहरु सञ्चालनमा ल्याईएको हो ।
जिल्लाका सबै स्थानीय तहले वेभसाईट मार्फत कार्यालयको सम्पूर्ण गतिविधिहरुको जानकारी दिंदै आईरहेका छन् । वेभसाईटलाई निरन्तरता दिंदै मोवाईलमा हेर्र्न मिल्ने गरी कार्यालयबाट उपलव्ध हुने सबै प्रकारका सेवाका जानकारी एपमा राखिएका छन ।
अहिले सम्म सार्वजनिक भएका एप्सहरुमा नीलकण्ठ नगरपालिकाको ‘मेरो नीलकण्ठ मेरो मोवाइल’, धुनिबेशी नगरपालिकाले ‘धुनिबेशी म्युनिसिपालिटी’,सिद्धलेक गाउँपािलकाले ‘सिद्धलेक गाउँपालिका’ र गजुरी गाउँपालिकाले ‘हाम्रो गजुरी’ नामका मोवाईल एप्सहरु संचालनमा ल्याएका छन् ।