धादिङको पर्यटन विकासबारे अन्र्तक्रिया

702 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङको पर्यटन विकासबारे अन्र्तक्रिया

प्रतीक लामिछाने ।
काठमाडौं, श्रावण ५ । राजधानीसँग सीमाना जोडिएपनि धादिङ जिल्लाको पर्यटन विकासमा राज्यले गम्भीर चासो नदिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेको छन् । राजधानीमा आज गणेश हिमाल पर्यटन विकास समितिले गरेको अन्र्तक्रियामा सहभागी धादिङका पर्यटन व्यवसायी र पत्रकाहरुले पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावनायुक्त जिल्ला रहेर पनि सरकारी उदासीनताका कारण यो जिल्ला बत्तिमुनिको अँध्योजस्तै बनेको बताए ।

जिल्लाका पर्यटकीय स्थलहरु, गणेश हिमाल, त्यहाँ अवस्थित सिसा खानी, गंगाजमुना झर्ना, त्रिपुरासुन्दरीे मन्दिर, ढोला मण्डलीलगायतका ठाउँहरुमा अझै पनि पर्याप्त मात्रामा स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्न नसक्दा जिल्ला आर्थिक तथा पर्यटकीय दृष्टिकोणले धेरै पछाडि परेको कार्यक्रममा सहभागीहरुले बताए ।

कार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुलबहादुर गुरुङले उत्तरमा चीन र दक्षिणमा महाभारत प्रदेशसम्म फैलिएको देशको एकमात्रै जिल्ला धादिङको विकासमा सरकारले उदासीनता देखाउनु दुःखलाग्दो विषय भएको बताए ।

त्यस्तै धादिङ जिल्लामा जन्मेर राजधानीमा पर्यटन र पत्रकारिता पेशामा संलग्न पर्यटन व्यवसायी र पत्रकारहरुले कृषि, पर्यटनलगायतका क्षेत्रमा जिल्लाले धेरै ठूलो सम्भावना बोकेको भएपनि राज्यले यसलाई प्राथमिकतामा नराख्नु आश्चर्यजनक विषय भएको बताए ।

त्यस अवसरमा जिल्लाको विकट झार्लाङ, तिप्लिङ, रि, सेर्तुङलगायतका स्थानको पर्यटकीय सम्भावना र त्यहाँको संस्कृतिलाई समेटेर तयार पारिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

(इमेज च्यानल डट कम बाट)