फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामी

46 पटक पढिएको

सम्पादक: Dhading News

बुटवल, ३१ चैत । नेपाल आदिवासी जनजाति पत्रकार संघ (फ‍ोनिज) को अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

जसअनुसार लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।

उता, खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ भने निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो ।

साथै, १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको फाेनिजले जनाएकाे छ ।

गत चैत २९ गते उदघाटन भएकाे साे महाधिवेसन नयाँ नेतृत्व चयनसँग सम्पन्न भएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *