सुनचाँदी व्यवसायीबाट जिल्ला प्रहरीलाई ५५ इन्चको एलईडि टिभि

1060 पटक पढिएको

६ पुष २०७५, शुक्रबार १७:५२ सम्पादक: धादिङ न्यूज

धादिङ,६ पुस – जिल्ला प्रहरी कार्यालय धादिङले कार्यालय परिसर भित्र डिजिटल सूचनापाटी जडान गर्ने भएको छ । नागरिकलाई विभिन्न सन्देशमुलक सूचनाहरु प्रवाह गर्न ५५ इन्चको एलईडि टिभि जडान गरि डिजिटल सूचनापाटीको प्रयोग गर्न लागिएको धादिङका प्रहरी  उपरिक्षक डम्बरवहादुर विकले जानकारी दिनु भयो ।
नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङले ५५ इन्चको एलईडि टिभि जिल्ला प्रहरी कार्यालय धादिङलाई सहयोग दिएको छ ।शुक्रवार विहान संघका पदाधिकारी सहितको टोलीले उक्त टिभि हस्तानन्तरण गरेको हो । प्रहरी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा, कानूनी सचेतना, सन्देशमुलक जानकारी, प्रहरीको छवी अभिवृद्धी गर्ने कृयाकलापहरु लगायत सूचनाहरु निरन्तर प्रशारण गर्ने गरी डिजिटल सूचनापाटी प्रयोगमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।