तामाङ संस्कृतीमा आधरित पहिलो डिजिटल चलचित्र

721 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 
काठमाण्डौं/नेपालको राजधानी काठमाण्डौं देखी उत्तरी भेगमा पर्ने रसुवा जिल्ला प्रकृतिक दृष्टिकोणले भरिपुर्ण, रमणिय पर्यटकिय स्थल हो । नेपालकै प्रसिद्ध हिम श्रीङ्खला लाङटाङ हिमाल, सङ्जेन हिमाल, गोसाईकुण्ड, गोल्जुङ, चिलिमे, गतलाङ अनि पार्बतिकुण्ड यहाँको मनोरम स्थलहरूमा पर्दछ  ।
शीरमा पार्बतीकुण्ड अनि यस्को काखमा रहेको गतलाङ गाँउ, भनिन्छ परपूर्वकालमा यस गाँउलाई गलाङ पनि भनिन्थ्यो रे ? र अहिले अपभ्रांस भएर गतलाङ भन्न पुगेको हो । यहाँ तामाङ समुदायको मात्र बाहुल्य रहेको छ । यहाँको घरहरू ढुङ्गा र काठको छानाले बनाएको देखिन्छ । 
        एउटै प्रकारको घरहरूले तामाङ समुदायको संस्कृती र मौलिक्ता यस गाँउमा अझै जिबितै रहेको देखिन्छ । यहाँ खेतबारीमा लगाएको अन्नाबाली पनि गाँउलेहरू सबैले बरबारी बाँडेर पाउने चलन रहीआएको छ । सायद यस गाँउमा पार्बतीकुण्डाको आसिर्बाद पाएर होला यहाँको तामाङहरू कोही धनी र गरीब छैन, यहाँ सबैमा वरावरीको भाव छ ।
पेशाको दृष्टीकोणले यहाँ पुरूषहरू खेती किसानी, गोठालो ब्यावसाय गर्छन् भने महिलाहरू खेती किसानी र राडी पाखी बुन्ने काम गर्दछन् । युवाहरू समुहगत रूपमा समाज निर्माणको लागी अघी बढिरहेको देखिन्छ । तर यस गाँउमा अचम्म लाग्दो कुरा के छ भने अहिले पनि मुखिया प्रथा यथावतै रहेको देखिन्छ । यहाँ भर्खरै गाँउलेहरूबाट एक बर्षाको लागी चुनिएर मुखिया बनाएको छ । यो यथर्थ घटणाको तस्बिरहरू हो ।
हामी एकाईसौं सताब्दिको कुरा गर्छौ खै त एकाईसौं शताब्दिले यहाँ परिवर्तन ल्याउन सकेको ? हामी आधुनिक्ताको कुरा गर्छौ खै त यहाँको ग्रमिण भेगमा आधुनिकिकरण र परिवर्तन भएको? । ग्रामीण भेगमा अहिले पनि यस्तै सामान्तबादको अवशेषहरूको जिवित रहेको हुनाले यस्लाई निर्मुल पार्दै सभ्य समाज निर्माण गरी अविकाशित गाँउलाई बिकाशित बनाउँदै सुन्दर नेपाल निर्माणको परिकल्पनामा परिणत गर्न सकिन्छकी भन्ने यस केवा (जन्म) चलचित्रको मुख्य बिषयवस्तु तथा उद्धेश्य रहेको छ । यो चलचित्र दुई घण्टा लामो रहेको छ ।
केवा चलचित्रको निर्माता निमाकामी तामाङ मंगोल डेमोक्रेटिक पार्टी तामाङसालिङ राज्य समितिको सदश्य र नायक दावाफिन्जो तामाङ मंगोल डेमोक्रेटिक पार्टी रसुवा जिल्ला कमिटिको अध्यक्ष हुनुहुन्छ । यस चलचित्रको निर्देशन सुजन लामाले गर्नु भएको हो ।