धादिङ समाज कोरियाको अध्यक्षमा सन्तोष अधिकारी 

1265 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -धादिङ जिल्लाबाट दक्षिण कोरियामा गई विभिन्न पेशा र व्यवसायमा संलग्न हुंदै आएका धादिङेलीहरुको हक हितका निम्ति स्थापना भएको साझा संस्था धादिङ समाज कोरियाको अध्यक्षमा पुनः सन्तोष अधिकारी चयन भएका छन । धादिङ समाज कोरियाको छैटौँ अधिबेशनबाट  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ जलजलेका अधिकारी अध्यक्षमा चयन भएका हुन ।

कोरियाको राजधानी सियोल स्थित नेपाल हाउसमा फ्रेबुअरी ४ का दिन सम्पन्न छैटौँ अधिवेशन बाट  वरिष्ठ उपाध्यक्ष-मनोज थापा, उपाध्यक्ष- रमेश श्रेष्ठ र गंगा लोहनी, महासचिव -प्रेम गुरुङ, सचिव -अतिज बहादुर घले र राम बहादुर आचार्य, कोषाध्यक्ष सुवास सिंखडा र सदस्यहरुमा दिपक थापा काजी, कन्चनश्री आचार्य, दिनेश रिजाल, धुर्ब थापा, रामचन्द्र सिंखडा चयन भएका छन् । एनआरएनए आईसिसि कोरिया प्रतिनिधी प्रकाश धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा प्रदेश ३ एकता समाजका अध्यक्ष किश्वर ब्लोन नियोग, एनआरएन कोरियाका उपाध्यक्ष साजन शर्मा र विभिन्न जिल्लाका प्रतिनिधि तथा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।  यसै कार्यक्रमको अवसरमा संस्थाको सामाजिक कृयाकलापमा उत्कृष्ट कार्य गर्नेहरुलाई उत्कृष्ट अवार्ड सहित सम्मान गरिनुको साथै रिदम लाईभ कन्सर्ट तथा सांगीतिक धमाकामा सहयोग गर्ने सहयोगीहरुलाई कदर पत्र हस्तान्तरण र संरक्षक तथा सल्लाहकारहरुलाई सम्मान पनि गरिएको थियो ।कोरियामा अहिले ५ सय भन्दा धेरै धादिङेहरु रहेका छन ।स्थापना काल देखिनै विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै आईरहेको धादिङ समाज कोरियाले आष्गामी दिनमा पनि धादिङ जिल्लाका लागि नमूना कार्यहरु गर्दै अघि बढने अध्यक्ष अधिकारीले धादिङ न्यूजलाई वताएका छन् ।