महादेवस्थान स्वास्थ्य चौकीलाई ल्याव सामाग्री सहयोग

1123 पटक पढिएको

प्रकाशित मिति: २०७५, २२ माघ मंगलवार ०६:४३

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ,- धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा रहेको महादेवस्थान स्वास्थ्य चौकीलाई ल्याव सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
रुमाडेही फाउण्डेशन नेपाल तथा स्टिचिङ प्रोजेक्ट इन नेपालको सहयोगमा लायन्स क्लव अफ नेपाल हाईलाइटसले महादेवस्थान स्वास्थ्य चौकीका लागि ल्याव सामाग्रीहरु उपलव्ध गराएको हो । जिल्लाको दक्षिणी भेगको विकटमा रहेको उक्त स्वास्थ्य चौकीले मेडिकल सामाग्रीको अभावमा उपचार सेवा दिन नसक्दा यस भेगका बिरामी उपचार सेवाबाट बञ्चित रहनु परेको अवस्थालाई ध्यानमा राखि सहयोग प्रदान गरिएको लायन्स क्लव अफ नेपाल हाईलाइटसले जनाएको छ ।
फाउण्डेशनका प्रतिनिधि रश्मी तामाङ, नेपाल हाईलाईट्सका चार्टर पे्रसिडेण्ट विनोद सडौला र सदस्य इश्वर भण्डारीको उपस्थितिमा सोमबार वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष टंकवहादुर थापाले स्वास्थ्य चौकीका इन्चार्ज शर्मिला डंगोललाई सामाग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा वाइनाकुलर माईक्रोस्कोप, बाटर वाथ डिजिटल,हट एयर ओभन,सेमी अटोमेटिक एनालाईजर वायो केमेष्ट्री, ग्रामस स्टेएन,रेगेटेन्स एक्युरेक्स र रेफ्रिजेरेटर एक एक थान रहेका छन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, २२ माघ मंगलवार ०६:४३ मा प्रकाशित