फेसबुक मेसेन्जरमा आयो ‘अनसेण्ड’ फिचरको सुविधा

1288 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं ।  फेसबुक प्रयोगकर्ताहरुको लागि खुुसीको खबर आएको छ । नयाँ नयाँ फिचर र सुविधा थप गर्दै आएको फेसबुकले म्यासेन्जरमा अनसेण्ड फिचर थप गरेको छ । अनसेण्ड फिचरको सुविधा आएपछि फेसबुकबाट पठाईएका म्यासेजहरु हटाउन पनि सकिने भएको छ । विश्वभर सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल फेसबुक मेसेन्जरले भखरै मात्र नयाँ फीचर सार्वजनिक गरेको हो ।

फेसबुकले मंगलबारदेखि मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो । अर्थात अब तपाईँले फेसबुक मेसेन्जरबाट अरुलाई पठाएको मेसेजहरु सजिलैसँग डिलिट गर्न सक्नुहुनेछ।

यसरी मेसेन्जर यूजरले पठाइसकेको मेसेज प्राप्तकर्ताको च्याट बक्समा पुगिसकेपछि पनि ती मेसेज समेत पठाउनेले सजिलै डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्राप्त गर्नेको च्याटबक्सबाट स्वतः डिलिट हुनेछन् ।

यदि मेसेन्जरमार्फत गलत मानिसहरुलाई मेसेज पठाएको वा गलत सुचना अरु कसैलाई पठाएको छ भने पनि त्यस्तो मेसेज डिलिट गर्न सकिने फीचर आएको हो ।

फेसबुककाअनुसार मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । अर्थात् यसरी मेसेज डिलिट गर्न चाहनेले मेसेज पठाएको १० मिनेट भित्रमा डिलिट गर्नुपर्नेछ । तर १० मिनेटपछि तपाईँले सो मेसेज डिलिट गर्न चाहेमा पनि हटाउन सकिने छैन्।

यो फीचर प्रयोग गर्नको लागि तपाईँले आफ्नो स्मार्टफोनमा भएको मेसेन्जर एप अपडेट गर्नुपर्ने छ ।

यसरी गर्नुस मेसेज डिलिट फीचरको प्रयोग-

  • फेसबुकमा जोडिएका कसैको मेसेज बक्समा आफूले अरु कसैलाई गलत मेसेज पठाएमा त्यस्तो मेसेज तपाईले दश मिनेट भित्र डिलेट गर्नसक्नु हुनेछ।
  • डिलेट गर्न चाहेको मेसेज दश मिनेट भित्र क्लिन गर्नुहोस्।
  • पठाएको मेसेजमा रिमुभ अप्सन देखिनेछ। त्यसमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ रिमुभ फर यू र रिमुभ फर एभ्रीवान अप्सन देखिनेछ।
  • रिमुभ फर एभ्रीवानमा क्लि गर्नुहोस्। म्यासेज सबैका लागि डिलेट हुनेछ।
  • रिमुभ फर यू मा क्लिक गर्नुभयो भने त्यो मेसेज तपाईँको मेसेन्जर बक्सबाट पनि हट्नेछ ।
  • यसरी डिलेट भएको मेसेजहरु तपाईँले पठाएको व्यक्तिले हेर्न सक्दैन् ।