इभेण्ट आयोजकहरुको पेशागत हकहितका निम्ती संघ गठन

1315 पटक पढिएको

१२ चैत्र २०७५, मंगलवार ११:१५ सम्पादक: धादिङ न्यूज

काठमाण्डौं – सौन्दर्य प्रतियोगिता लगायतका इभेन्ट आयोजना गर्दै आएका आयोजकहरु संगठित भएका छन । शनिवार काठमाण्डौंमा भएको भेलाले संघको गठन गरेको हो । डेढ दशकभन्दा अघि देखि विभिन्न  सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएका एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबवहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम ब्यवस्थापन संघ नेपाल गठन गरेका छन्।
पेशागत हकहितका निम्ती सांगठनिक रुपमा अघि बढनुपर्छ भन्ने सोचका साथ यस पेशामा आवद्ध रहेकाहरु एकजुट भई संघ गठन गरिएको अध्यक्ष कार्कीले वताउनु भयो ।
संघको उपाध्यक्षमा शान्ता कुमारी तामाङ, महासचिवमा सावित्री ढुंगााना, प्रवक्ता सरोज ओझा, सचिव सोनीत राज ढुंगेल, सहसचिव डेविल सिहं राजपुत, कोषाध्यक्ष राज लुईटेल, सहकोषाध्यक्ष टेकराज पाण्डे रहेका छन् । मोनीत महर्जन, तृष्णा गुरुङ, प्रदिपराज वन्त, सुरज थापा, सपना राई, अशोक तामाङ सदस्य तथा गोकर्ण लामिछाने, राजिव दियाली, सविना श्रेष्ठ, समिर लामा, पासाङ शेर्पा, पवन कोईराला र नारायण थापा संघको संस्थापक सदस्य रहेका छन्।