सिद्धलेकको वडा नम्बर ३ मा एम्बुलेन्स सेवा शुरु

1232 पटक पढिएको

प्रकाशित मिति: २०७५, २८ चैत्र बिहीबार ०५:५५

सम्पादक: धादिङ न्यूज

 

 

सिद्धलेक- धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा रहेको हुमनारायण स्मृति संस्थाले बु्धवार देखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बुधवार एक कार्यक्रमका बिच उक्त एम्बुलेन्सको उद्घाटन गर्नु भएको हो ।
कुनै पनि घटना, दुर्घटना तथा अन्य आकस्मिक अवस्थामा परेका विरामी तथा घाईतेहरुको तत्काल उद्धार गरी उपचारका लागि सुविधा सम्पन्न स्वास्थ्य संस्था सम्म लैजानका लागि सहयोग पुगोस भनि एम्बुलेन्सको शुरुवात गरिएको अध्यक्ष सिलवालले वताउनु भयो ।
सिद्धलेक गाउँपालिकाको ६ लाख , स्पेनि नागरिक फादर अल्फाडोको ५ लाख, समुदाय तथा साना किसान कृषि सहकारी संस्थाबाट श्रोत व्यवस्थापन गरि एम्बुलेन्स खरिद गरिएको सिद्धलेक गाउँपालिकाले जनाएको छ ।
एम्बुलेन्सको व्यवस्थापन तथा संचालनका लागि गाउँपालिकासंग समन्वय गरी सिद्धलेक ३ नम्बर वडा कार्यालय,हुमनारायण स्मृति संस्था, सलाङ स्वास्थ्य चौकी लगायत सम्मिलित समिति गठन भई संचालनको व्यवस्थापन गर्ने वताईएको छ ।
एम्बुलेन्सको संचालन भएपछि कोही पनि विरामी तथा घाईतेहरु समयमै स्वास्थ्य संस्था जानबाट बञ्चित हुनु नपर्ने अध्यक्ष सिलवालले वताउनु भयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, २८ चैत्र बिहीबार ०५:५५ मा प्रकाशित