धादिङको रुवीभ्यालीमा रहेको पाल्दोर हिमालको सफल आरोहण

1443 पटक पढिएको

प्रकाशित मिति: २०७६, ५ बैशाख बिहीबार १६:३५

सम्पादक: धादिङ न्यूज

 

 

रुवीभ्याली (धादिङ)। धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकामा रहेको पाल्दोर हिमाल आरोहणका लागि गएको टोलीले हिमालको सफल आरोहण गरेर फर्किएको छ । कुल ५ हजार ८ सय ९६ मिटरको उचाईको पाल्दोर हिमालको ११ जना विदेशी र ६ जना नेपाली आरोहीहरुको संयुक्त टोलीले सफल आरोहण गरेका हुन् ।
धादिङ जिल्लाको पर्यटन विकासका लागि ९ जना कोरियन र २ जना मंगोलियन आरोहीले राजधानीको छेउमा रहेको पाल्दोर (पाविल) हिमालको सफल आरोहण गरेका हुन् । दक्षिण कोरियाका आरोही सा¨ लि हा को नेतृत्वमा अप्रिल ७ मा ९ जना कोरियाली, २ मंगोलियन र ६ जना नेपाली नागरिक सम्मिलित टोलीले हिमालको सफल आरोहण गरेको वताएका छन् ।
एशिया पर्वतारोहण महासंघले आफ्नो स्थापना दिवसको अवसरमा यस पटक नेपालका हिमाल आरोहण गर्ने गत वर्ष नै गरेको निर्णयका आधारमा प्याल्दोर हिमाल छनोट गरी आरोहणको गरेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष कुलवहादुर गुरुङले जानकारी दिनुभयो । एसियाको उच्च पर्वतीय क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संस्था (यूएएए) को २५औं स्थापना दिवसको अवसरमा धादिङ जिल्लाको पर्यटन विकासका लागि पाल्दोर (पाविल) हिमालको आरोहण गरेका हुन । पाल्दोर हिमाल एनएमएले ब्यबस्थापन गर्दै आएको २७ वटा हिमालमध्ये एक हो । स्थानीय भाषामा यस्लाई पाविल नामले पनि चिनिन्छ ।
आरोही टोलीले १० दिनको प्याकेज बनाई काठमाडौंबाट गल्छी, नुवाकोट, रसुवा स्याफ्रुबेसी, गत्लाङ, धादिङको सोम्दाङ, रुबीभ्याली हुदै ५ हजार ८ सय ९६ मिटरको उचाई रहेको पाल्दोर पिकको सफल आरोहण गरेको गुरुङले वताउनु भयो । सन १९४९ मा दुई विदेशी आरोहीहरूले पहिलो पटक पाल्दोर हिमालको आरोहण गरेका थिए । यसै गरी पछिल्लो पटक सन २०१० मा पनि यूएएएको स्थापना दिवसकै अवसरमा नेपाल, जापान, कोरिया र मंगोलियाका आरोहीहरूको संयुक्त टोलीले पाल्दोर हिमालको आरोहण गरेका थिए । पाँच हजार नौ सय तीन मीटर अग्लो यो हिमालको हालसम्म तीनसय भन्दा बढिले आरोहण गरिसकेका छन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, ५ बैशाख बिहीबार १६:३५ मा प्रकाशित