गल्छी गाउँपालिकाको लोगो बनाउनेलाई ३० हजार पुरस्कार

1124 पटक पढिएको

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार १५:५१

सम्पादक: धादिङ न्यूज

गल्छी – धादिङको गल्छी गाउँपालिकाले आफ्नै प्रतिक चिन्ह (लोगो) निर्माण गरि प्रयोगमा ल्याउने भएको छ । गाउँपालिकाको आधिकारिक प्रतिक चिन्हको रुपमा निर्माण गर्न लागिएको  लोगो डिजाईनका लागि व्यवसायिक डिजाईनरहरुलाई गाउँपालिकाले सार्वजनिक आव्हान गरेको छ । उत्कृष्ठ डिजाइनको लागि रु ३० हजार रुपैयाँ पुरस्कार राशी राखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत दानवहादुर ऐडीले वताउनु भयो ।
गाउँपालिकाले बैशाख २८ गते  सूचना प्रकाशित गरि लोगो डिजाइनको लागि सार्वजनिकआव्हान गरेको हो । डिजाइनकर्ताहरुले २०७६ जेठ १५ गते भित्र आंफुले वनाएको लोगोको डिजाइन गाउँपालिकाको कार्यालयमा बुझाउनु पर्ने पनि ऐडीले जानकारी दिनु भयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० बैशाख २०७६, सोमबार १५:५१ मा प्रकाशित