रूवी भ्याली–गणेश हिमाल वेस क्याम्प–गंगा जमुना–ट्रिकर ट्रेक पर्यटन गन्तव्य छनोट
2131 पटक पढिएको

काठमाडौं । पर्यटकहरुको सक्रियता बढाउन नेपाल भ्रमण बर्षको आयोजना गरिंदैछ । सन २०२० लाई नेपाल भ्रमण वर्षको बर्षको रुपमा मनाउने तयारीमा नेपाल सरकार र पर्यटन क्षेत्र संग सरोकार राख्ने विभिन्न निकायले तयारी तिव्र पारेका छन । नेपाल भ्रमण वर्ष २०२० शुरू हुन ६ महीना बाँकी हुँदा मुलुकभर पर्यटनका नयाँ गन्तव्यहरूको छनोट कार्य पनि तीव्र भएको छ । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले दुई दर्जन पर्यटकीय गन्तव्य छनोट गरेको छ । यसअघि टानले ७ प्रदेशका ३० ओटा गन्तव्य तयार गरेको थियो । त्यसलाई केही हेरफेर गरेर टानले पछिल्लो पदमार्ग (ट्रेकिङ रूट)को सूची बनाएको छ ।
टानले तयार गरेका पदमार्गमा नयाँ–पुराना पदमार्गहरू छन् । टानका अध्यक्ष नवराज दाहालले सरकारले सार्वजनिक गरेको सय गन्तव्यको सूचीअनुसार पछिल्ला पदमार्ग र र्याफ्टिङलाई समेत समावेश गरिएको जानकारी दिए । टानले सातओटै प्रदेशका पर्यटकीय गन्तव्यहरू छनोट गरेको हो । यी गन्तव्य प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र मौलिकतालाई प्राथमिकतामा राखेर छनोट गरिएको दाहालले बताए ।
केही महीनाअघि तयार पारेको ट्रेकिङ तथा पर्यटन गन्तव्य सूचीमा केही संशोधन गरी टानले अहिले तयार गरिएका पदमार्गमा कञ्चनजंघा–ओलाङचुङ्गोला, तिनजुरे–मिल्के–जलजले ट्रेक, जानकी मन्दिर, धनुषाधाम, नेपाल हेरिटेज टुर, चितवन नेशनल पार्क, सुनकोसी वाइट वाटर ¥याफ्टिङ, पाँचपोखरी ट्रेकिङ, लाङटाङ–गोञ्जला पास टे«क, सिंगलपास–रूवी भ्याली–गणेश हिमाल वेस क्याम्प–गंगा जमुना–ट्रिकर ट्रेक र सुम भ्याली–मनास्लु सर्किट ट्रेलर छन् ।
टानका अनुसार अन्यमा सिद्धि गुफा–बन्दिपुर, अन्नपूर्ण वैकल्पिक ट्रेक (सेभेन पास ट्रेल), मार्दी हिमाल ट्रेक, लुम्बिनी, ढोरपाटन–माइकोट–शे–फोक्सुण्डो ट्रेकिङ ट्रेल, थवाङ भिलेज–जलजला–गुरिल्ला ट्रेक, लिमी भ्याली ट्रेक, खप्तड–रामाशोरम–बढिमालिका कल्चरल ट्रेक र कर्णाली र्याफ्टिङ छन् । हाल नेपालमा चर्चित ट्रेकिङ ट्रेलमा एभरेष्ट बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प, खप्तड, रारा, अन्नपूर्ण सर्किट ट्रेक, धवलागिरि सर्किट ट्रेक, लाङटाङ ट्रेक, घोरेपानी पुन हिल, अपर मुस्ताङ ट्रेक, गोक्यो लेक, तल्लो मनास्लु ट्रेक, रूवी भ्याली ट्रेक हुन् । घोडाघोडी ताल, पनौती–नमोबुद्ध, सुन्दरीजल–चिसापानी–नगरकोट–धुलिखेल पनि चर्चित ट्रेकिङ रूट तथा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छन् ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७६, १५ असार आईतवार ०६:४१ मा प्रकाशित