योगेश भट्टराई पर्यटनमन्त्री

1485 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

गत फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना परि निधन भएपछि लामो उक्त मन्त्रालय प्रधानमन्त्री आंफैले सम्हाल्दै आएका थिए । भट्टराई ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।