उपाध्यक्ष कँडेलद्धारा धादिङका राष्ट्रिय गौरव आयोजनाको अनुगमन
1676 पटक पढिएको

केशव अधिकारी
धादिङ,१२ मंसिर – धादिङ जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अन्य योजनाहरुको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको नेतृत्वको टोलीले अनुगमन निरिक्षण गरेको छ ।
टोलीले राष्ट्रिय गौरबका आयोजना मध्ये धादिङ जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग र बूढीगण्डकी आयोजनाको पछिल्लो गतिविधिको स्थिति र जिल्लाका विभिन्न आयोजनाहरुको अनुगमन निरीक्षण गरेको हो ।
विहिवार थांक्रे गाउँपालिकाको महादेवबेसीमा निर्माण हुन लागेको प्रशासनिक भवनको शिलान्यास गरेर अन्य आयोजनाको निरिक्षणमा निस्किएको टोलीले गल्छी त्रिशूली स्याफ्रुबेसी सडकको गल्छीबाट त्रिशूली सम्मको निर्माणाधिन सडक खण्ड, त्रिशूलीबाट सामरी सम्मको ग्रामीण सडक, मध्यपहाडी लोकमार्गमा पर्ने धादिङ र नुवाकोटको भ¥याङभुरुङ देखि कटुन्जे, लपाङ सम्मको सडक खण्ड, लपाङफेदी र डुण्डुरेखोलामा निर्माणाधिन मोटरेवल पूलको अगुगमन निरिक्षण गरेको थियो ।
अनुगमन टोलीले शुक्रवार गंगाजमुना गाउँपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र गंगाजमुना झरना, गंगाजमुना गाउँपालिकामा निर्माण हुन लागेको १५ शैय्याको अस्पताल र कोविड अस्पतालको अवलोकन गरेको छ । गंगाजमुना गाउँपालिकालाई विकास पुर्वाधार संगै पर्यटकीय पुर्वाधार निर्माणका योजना बनाएर अघि बढ्न गाउँपालिका अध्यक्ष बलवहादुर अधिकारीलाई डाक्टर कँडेलले आग्रह गर्नुभएको थियो ।
टोलीले धादिङबेसी साङकोष, किन्ताङफेदी हुंदै तिप्लिङ सडकको अवलोकन समेत गरेको छ । सदरमुकाम धादिङबेसीबाट जिल्लाकोउत्तरी क्षेत्र जोड्ने मुख्य यस सडकलाई बैकिल्पक सहायक राजमार्गको रुपमा विकास गर्ने गरी काम अघि बढिरहेको छ । मध्यपहाडी राजमार्गको निर्माण पछि यस सडकलाई बैकल्पिक राजमार्गका रुपमा प्रयोगमा ल्याउन सकिने जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताउनुभयो ।
अगुगमन टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल, धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद खेम लोहनी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, वागमती प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारी,मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दिपक केसी डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्णराज अधिकारी नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गनारायण शाक्य, गंगाजमुना गाउँपालिका अध्यक्ष वलबहादुर अधिकारीको संलग्नता रहेको थियो ।यसै गरी टोलीमा नेकपाका युवा नेता नरेश खतिवडा, प्रदिप फ्युवाको पनि सहभागिता रहेको थियो ।
राष्ट्रिय गौरवको आयोजनामा रहेको बूढीगण्डकी जलबिद्युत्त आयोजना र मध्यपहाडी लोकमार्ग निर्माणमा भईरहेको ढिलाईप्रति आयोगका उपाध्यक्ष कँडेलले चासो राख्दै समस्या समाधानका लागि समन्वय गरिदिन जिल्लाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
बूढीगण्डकी जलबिद्युत्त आयोजना र मध्यपहाडी लोकमार्ग एकै ठाउँमा पर्ने भन्दै स्थानीयले सडकको नक्सा परिवर्तन गर्न दवाव दिदै आएकाले धादिङ खण्डमा मध्यपहाडी लोकमार्गको निर्माण कार्य रोकिन पुगेको छ ।
टोलीले गंगाजमुना गाउँपालिकाको बसेरी, बुढाथुम र फुलखर्कमा पर्ने पर्यटकीय क्षेत्र र निर्माणाधिन सडक तथा अन्य योजनाहरुको पनि अनुगमन गरी त्यहाँबाट त्रिपुरासुन्दरी गाउँपालिकामा पुगि पालिकाका उपाध्यक्ष देवी कुमारी पाण्डे ३ नम्बर वडाका अध्यक्ष कृष्णवहादुर खत्री लगायतका जनप्रतिनिधि र कर्मचारीका साथै स्थानीय राजनैतिक अगुवासंग भेटघाट गर्नु भएको थियो ।
भेटघाटका क्रममा उपाध्यक्ष डाक्टर कँडेलले त्रिपुरासुन्दरीको सल्यानटार, त्रिपुरासुन्दरी मन्दिर, आरुघाट लगायतका क्षेत्र धार्मिक सांस्कृतिक, पर्यटकीय तथा व्यापारिक महत्वले जति चर्चामा छ बूढीगण्डकी आयोजनाले गर्दा झनै चर्चामा रहेकाले यस क्षेत्रलाई व्यबस्थित गर्न पालिकाले आग्रह गरेर आयोग संधै तयार रहेको बताउनु भएको थियो ।
अनुगमन टोलीमा रहनु भएका धादिङ क्षेत्र नमबर २ का प्रतिनिधि सभा सांसद खेम लोहनीले बेलुङ सुकभन्ज्याङ फुलखर्क, रि लापा सडक निर्माण कार्यलाई प्राथमिकतामा राखि पूर्वाधार विकास कार्यक्रम बाट वजेट विनियोजन गरी सडक निर्माणलाई अघि बढाउने प्रतिवद्धता गर्नु भएको छ । जिल्लाको विकटमा रहेको उत्तरी धादिङका गाउँबस्तीमा सडक पूर्वाधार पु¥याई मोटर संचालनमा आउन सके जनजिवन सहज हुने निश्चित छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७७, १२ मंसिर शुक्रबार १७:०१ मा प्रकाशित