प्रथम गजुरी महोत्सव २०७७ को तयारी तिव्र

1937 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ चैत १ -यही चैत १२ देखि २४ गतेसम्म गजुरीगाउँपालिकाको गजुरीबजारमा हुन लालेको प्रथम गजुरी महोत्सव २०७७ को तयारीलाई तिव्र पारिएको छ ।

‘समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो कामना ‘भन्ने नाराका साथ साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले महोत्सवको आयोजना गरेको हो ।

जिल्लाको कृषि, पर्यटन, घरेलु तथा साना मझौला व्यवसाय, औद्योगिक क्षेत्रको प्रचारप्रसार का लागि महोत्सवको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताउनु भयो ।

गजुरी महोत्सवमा हेलिकप्टरबाट गणेश हिमाल र गोसाईकुण्ड घुमाईने

धादिङको गजुरी बजारमा आगामी चैत्र १२ गते देखि २४ गते सम्म हुन लागेको गजुरी महोत्सव(२०७७मा हेलिकटरबाट गणेश हिमाल र गोसाईकुण्ड लगायत धार्मिक एवम पर्यटकिय स्थलको अवलोकन गर्न पाईने भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन गराउन महोत्सव आयोजक र प्रभु हेलिकप्टर बिच सम्झौता भएको वताईएको छ ।

साना तथा मझौला व्यवसायी महासंघ धादिङको आयोजनामा हुन लागेको गजुरी महोत्सवमा हेलिकप्टरबाट गणेश हिमाल र गोसाई कुण्ड लगायत धार्मिक एवम पर्यटकिय स्थलको अवलोकन गर्न चाहनेहरुका लागि हेलिकप्टरको अग्रिम टिकट बुकिङ शुरु गरिएको मेलाका व्यबस्थापक विद्यार्थी शाहले वताउनुभयो ।

गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी वजारमा हुने सो महोत्सवमा स्थानीय तथा जिल्ला भित्रका घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, हेलिकप्टरबाट दृश्यालोकन, विभिन्न खेल तथा मनोरञ्जन, कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रमका साथै अन्य मनोरन्जनात्मक प्रस्तुतीहरु रहने आयोजक समितिका संयोजक सुमित श्रेष्ठले धादिङ न्यूजलाई बताउनु् भयो ।