पुस ७ देखि १७ गते सम्म धादिङबेसीमा आठौं धादिङ महोत्सव हुने

551 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित आठौं धादिङ महोत्सव २०७९ पुस ७  गतेदेखि १७ गतेसम्म सदरमुकाम धादिङबेसीमा हुने भएको छ ।

यस अघिका महोत्सवले जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवद्र्घनमा वृद्धि भएको, राफ्टिङ, प्याराग्लाइडिङ, ट्रेकिङ र साइक्लिङ गर्ने पर्यटकमा पनि वृद्घि भएको होमस्टेको समेत संचालन आएको, होटल व्यवसाय संचालनमा वृद्घि भएको, कृषिमा औद्योगीकरण र व्यवसायीकरण गर्न तर्फ कृषकहरू पनि अग्रसर वन्दै गईरहेकोले आठौं धादिङ महोत्सव गर्न लागेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष बिष्णु प्रसाद थपलियाले बताउनु भयो ।

जिल्लाको ऐतिहासिक, साँस्कृतिक, सामाजिक तथा आर्थिक विकासमा योगदान पु(याउने तथा जिल्ला भित्र उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी गरी प्रचार–प्रसार एवं प्रवद्र्घन गर्ने उद्देश्यले धादिङ उद्योग बाणिज्य संघल २०६४मा प्रथम धादिङ महोत्सव आयोजना गरी जिल्लामा महोत्सवको शुरुवात गरेको थियो ।

पुस ७ देखि १७ गते सम्म सञ्चालन हुने आठौं धादिङ महोत्सव २०७९ ‘जिल्ल्ला भित्रको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याँउँदै विभिन्न जात जाति, वर्ग र समुदायको बीच सद्भाव एवं भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिज्लाको समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहने लक्ष्य लिएको संघका महासचिव तिलक सिम्खडाले जानकारी दिनु भयो ।
प्रदर्शनीमार्फत जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाका विकास गर्ने घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पुर्याउने, घरेलु उद्योग र कृषिलाई व्यावसायिक आधुनिकीकरणतर्फ उन्मुख गराउने, निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, पर्यटकीय स्थलहरूको विकास र विस्तारमा टेवा पु¥याउने स्थानीय बजारको विकास बिस्तार एवं विशिष्टीकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, कृषि पेसालाई व्यावसायिक रूपमा विकास गराउन सहयोग गर्ने, आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने, लोप हुन लागेका स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीका अवसरहरूको सिर्जना गर्ने आठौं महोत्सवको उद्देश्य रहेको शुक्रवार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।

तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवको आकर्षणहरू स्थानीय तहभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्सनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्सनी तथा बिक्री वितरण, विविध साँस्कृतिक प्रदर्शनी, पर्यटन प्रवद्र्घनसम्बन्धी विविध कार्यक्रमहरू, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक वस्तुहरूको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरण रहनेछ ।

यसैगरी राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूबाट दैनिक सांस्कृतिक प्रस्तुति, खनिजजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडिबुटीको प्रदर्शनी, बिक्री तथा जानकारी, आदिवासीहरूको भेषभूषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरूको प्रदर्शनी तथा बिक्री÷सूचना प्रविधिसम्बन्धी जानकारी, अटोमोवाइल्सको प्रदर्शनी तथा बिक्री वितरण, रमाइलो मेला तथा बालउद्यान रहनेछ । महोत्सवमा दश करोडको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सव सम्पन्न गर्न मूल आयोजक समिति, सल्लाहकार समिति,सचिवालय समिति र २३ वटा बिषयगत उपसमितिहरू गठन गरिएको वताईएको छ ।