आज धादिङको ६ र गोरखाको १ पालिकामा दिनभर बिद्युत्त अवरुद्ध हुने

139 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,३ कात्तिक २०८१ । धादिङ र गोरखा जिल्लाको धेरै ठाउँमा (आज) दिनभर  बिद्युत्त अवरुद्ध हुने भएको छ ।

नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै नुवाकोटको देविघाट सवस्टेशन देखि रातमाटे सवस्टेशन हुंदै तारुकाघाट खाल्टे धादिङबेसी खण्डमा पर्ने ३३ केभि प्रशारण लाईनको नजिक रहेका रुखका हाँगिविंगा काट्ने , जम्पर सुधार तथा लाईन मर्मत गर्ने कार्यका लागि कात्तिक ३ गते शनिवार  विहान ८ वजेबाट दिउँसो ५ वजे सम्म बिद्युत्त प्रशारण लाईन वन्द गर्न लागिएको जनाएको छ ।

प्रशारणलाईन बन्द हुँदा धादिङको नीलकण्ठ नगरपालिका, ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुना र नेत्रावती डवजोङ गाउँपालिकाको सबै भाग, सिद्धलेक गाउँपालिकाको १ र २ नम्बर वडाका साथै गोरखाको आरुघाट गाउँपालिकाभर दिनभर बिद्युत्त आपूर्ति रोकिने प्राधिकरणले सूचना मार्फत जानकारी दिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *