नासो चलचित्रका निर्माता डिबी थापाको घर संरक्षणको पर्खाइमा

637 पटक पढिएको

७ कार्तिक २०८१, बुधबार ०६:३३ सम्पादक: धादिङ न्यूज

धादिङ, ७ कात्तिक २०८१ । नेपालमा फोटो खिच्ने चलनै नभएको बेला काठमाण्डौंको न्युरोड पिपलबोट नजिकै फोटो कन्सर्न खोलेर व्यवसायिक फोटोग्राफीमा हात हालेका फिल्म निर्माता,निर्देशक,चलचित्र विकास कम्पनीका पूर्व अध्यक्ष धादिङको साविक मुलपानी गाविसका डिबी (डम्बरबहादुर) थापाको मुलपानी स्थित घर संरक्षणको अभावले जिर्ण बन्दै गएको छ । थापाको ८३ बर्षको उमेरमा २०७३ भदौ ६ गते मृत्यु भएको थियो ।

थापाले ‘नासो’, ‘श्रीस्वस्थानी’, ‘माइली’  ‘मायाप्रीति’, ‘जीवन–ज्योति’, ‘धर्ती–आकास’लगायत आधा दर्जनभन्दा बढी चलचित्र निर्देशन गरेका थिए।

धादिङ मुलपानी स्थायी घर भएका डिबी फोटो कन्सर्न, पाको न्युरोडका संस्थापक समेत हुन् ।

  • तस्बिर  : शम्भु थापा, पूर्व अध्यक्ष त्रिपुरासुन्दरी गाउँपालिका धादिङ