जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा गुनासो भए क्युआरबाटै गुनासो दर्ता गर्न सकिने

140 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२२ मंसिर । जिल्ला प्रशासन कार्यालय धादिङबाट प्रवाह भएका सेवा सुविधामा कुनै गुनासो भए सेवाग्राहीले अब आफ्नो गुनासो सजिलै संग दर्ता गर्न सक्नेभएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीको गुनासो सुनुवाईका लागि गुनासो दर्ता गर्ने विभिन्न माध्यम सार्वजनिक गरेको छ ।

कार्यालयले सूचना प्रकाशित गरि सामाजिक सञ्जाल फेसबुक पेजमार्फत यस्तो जानकारी दिएको हो । जस्मा क्युआरकोडको साथै ,इमेल,ह्वाट्स एप,फेसबुक पेज,गुनासो पेटिका र हुलाक मार्फत गुनासो पठाउन सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

 कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार सेवाग्राहीहरुले आफुलाई सजिलो हुने माध्यमबाट गुनासो पठाउन सक्ने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले वताउनु भयो ।