एकैदिन, केही घण्टाको फरकमा श्रीमान–श्रीमतीको मृत्यु
1310 पटक पढिएको
धादिङ- धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा श्रीमतीको मृत्यु भएकै दिन श्रीमानको पनि मृत्यु भएको छ । ४०–४५ वर्षदेखि गल्छी गाउँपालिकामा बसोबास गर्दै आएका वृद्ध दम्पती हस्त बहादुर मल्ल र रेबती मल्लको एकैदिन निधन भएको छ।
ठकुरी बा र ठकुरी आमाको नामले चिनिने सन्तानविहीन यी दम्पतीको निधनले स्थानीय समुदाय स्तव्ध भएका छन् । गाउँवासीमा गहिरो समवेदना र पीडाको लहर फैलिएको छ।
स्थानीयका अनुसार, ठकुरी आमाको २०८२ साल साउन १६ गते दिउँसो २:४० बजे निधन भयो। उनी लामो समयदेखि बिरामी थिइन्। पत्नी बियोगको पीडा सहन नसकी त्यही रात ९:३८ बजे ठकुरी बाको पनि निधन भयो।
चार दशक अघि देखि यहाँ बस्दै आईरहेको भएपनि उनिहरुको आफन्त र अन्य पारिवारिक सदस्यहरुको कुनै जानकारी नभएको स्थानीय बताउँछन् ।
स्थानीयहरूका अनुसार, हस्त बहादुर र रेबती मल्ल गल्छी क्षेत्रमा सबैलाई चिनेका र चिनेने पात्र थिए। परिवार नभए पनि समाजसँगको गहिरो आत्मीयताले उनीहरूको जीवन चलिरहेको थियो।
ठकुरी आमाको निधन भएको करिब ७ घण्टापछि ठकुरी बाले पनि प्राण त्याग गरे। यो संयोग मात्र नभएर एकअर्काप्रति गहिरो समर्पण र आत्मीय सम्बन्धको प्रमाण हो भन्ने भावना गाउँलेहरूमा देखिएको छ।
पारिवारिक सदस्य नभएका कारण अन्तिम संस्कारको सम्पूर्ण जिम्मेवारी स्थानिय युवाहरू, सामाजिक अगुवाहरू र टोल विकास संस्थाले मिलेर गरेका छन्।
समाजका तर्फबाट हस्त बहादुर मल्ल र रेबती मल्लप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। गाउँलेहरू, स्थानीय संघसंस्था र सामुदायिक व्यक्तित्वहरूले उहाँहरूका आत्माको चिरशान्तिको कामना गर्दै बैकुण्ठ बासको कामना गरेका छन्।








https://shorturl.fm/xxKmm
https://shorturl.fm/yPIEV
https://shorturl.fm/wsU1s
https://shorturl.fm/OJVZh