धादिङको वेनिघाटरोराङ र नीलकण्ठ देशभरका उत्कृष्ठ ६ स्थानीयतहमा छनौट उत्कृष्ट ६ स्थानीय तहलाई सरकारले सम्मान गर्ने

486 पटक पढिएको

४ भाद्र २०८२, बुधबार ०७:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने धादिङको नीलकण्ठ  नगरपालिका र वेनिघाटरोराङ गाउँपालिका सहित देशभरका ६ स्थानीय तहलाई सरकारले सम्मान गर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तह घोषण गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने नगरपालिकाहरूमा धादिङको नीलकण्ठ नगरपालिका,चितवनको खैरहनी नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिका  रहेका छन् ।

यसैगरी, गाउँपालिकातर्फ धादिङको बेनीघाट रोराङ गाउँपालिका ,स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिका रहेको छ ।

स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिसा मूल्याङ्कन गर्दै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार यी पालिकाहरूले राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गरेका हुन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

गाउँ तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि शासकिय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन गर्ने गर्दछ ।

533948276_1793335274911566_4342625615927752443_n