तुईन खोलामा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अबरुद्ध
308 पटक पढिएको
चितवन । मुग्लिङ-नारायणगढ सडक खण्ड सुख्खा पहिरोका कारण दुईतर्फी अवरुद्ध भएको छ ।
आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा चट्टानसहितको सुख्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउनका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन ।
- तस्बिर : मनु बुढाथोकी







