पत्रकार महासंघ धादिङद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न
353 पटक पढिएको
धादिङ । नेपाल पत्रकार महासंघ धादिङ शाखाले महिला हरुको महान पर्व हरितालिका तीजको शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।
पत्रकार महासंघको कार्यालयमा भदौ ७ गते शनिवार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार महिलाहरुको सहभागिता थियो ।
महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले कार्यक्रमको शुरुवातमा तीजको अवसरमा पत्रकार महिलाहरुको साथै सम्पूर्ण नारीहरुलाई संक्षिप्त शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा परम्परागत दर खाने व्यवस्था, सांगीतिक प्रस्तुति तथा महिला पत्रकारहरूबीच आपसी संवादले मेलमिलाप र सम्बन्ध सुदृढ हुनुका साथै महिलाहरूबीच नेतृत्व विकास, आत्मबल वृद्धि र सामाजिक उत्तरदायित्वप्रति जागरुकता ल्याउने अपेक्षा गरिएको कार्यक्रम संयोजक अस्मिता पोखरेलले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महिलाहरुको साथै नेपाल पत्रकार महासंघ धादिङका पूर्व अध्यक्षहरु नवराज छत्कुली,राजाराम शर्मा, पूर्व उपाध्यक्ष गायत्री खतिवडा, पूर्वसल्लाहकार पोषनाथ अधिकारी, महासंघका केन्द्रिय परिषद सदस्य केशव अधिकारी, महासंघ जिल्ला शाखाका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिती रहेको थियो ।








