चीनमा बनेको विश्वको सबैभन्दा अग्लो पुलको लोड परीक्षण सुरु
256 पटक पढिएको
बेइजिङ, ७ भदौं । चिनियाँ इन्जिनियरहरूले दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण सुरु गरेका छन् ।
जुन विश्वको सबैभन्दा अग्लो पुल बन्न तयार छ, सो झोलुङ्गे पुलको डेकबाट नदीको सतहसम्म ६२५ मिटरको ठाडो उचाइमा छ। १४२० मिटरको स्प्यान भएको २८९० मिटर अग्लो यो पुल पहाडी क्षेत्रमा निर्माण हुने विश्वको सबैभन्दा ठूलो स्प्यान पुल पनि हो।

अगस्ट २१ मा लिइएको यो हवाई ड्रोन तस्बिरले दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण गरिएकाे सिन्हवाले जनाएकाे छ ।







