नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघ धादिङको अध्यक्षमा तुलसी प्रसाद अधिकारी चयन

379 पटक पढिएको

९ भाद्र २०८२, सोमबार २१:५४ सम्पादक: धादिङ न्यूज

धादिङ, ९ भदौ । धादिङ जिल्लामा सञ्चालित यातायात व्यवसायीहरुको साझा संस्था नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिती धादिङको अध्यक्षमा तुलसी प्रसाद अधिकारी चयन हुनु भएको छ ।
सोमबार सम्पन्न भएको महासंघ जिल्ला समन्वय समिति धादिङको तेश्रो साधारण सभाले अधिकारीको नेत्तृत्वमा नयाँ कार्य समितिको चयन गरेको हो । जस्मा सचिव रामकुमार बानियाँ,कोषाध्यक्ष रामकुमार श्रेष्ठ सदस्यहरुमा कृष्ण गुरुङ,लाल बहादुर श्रेष्ठ,नारायण दत्त काराखेती ,साजन श्रेष्ठ, ठाकुर बुर्लाकोटी ,केशव श्रेष्ठ र पुर्ण बहादुर श्रेष्ठ रहनु भएको छ ।