नेपालमा मनसुन सक्रिय, गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
190 पटक पढिएको
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको जनाएको छ। यस कारण देशभरको मौसम आंशिकदेखि साधारण बदली हुने देखिएको छ।
हालको मौसम स्थिति
महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू-भागमा साधारणतया बदली भइरहेको छ। बाँकी भू-भागमा आंशिक बदली मात्र छ।
बागमती प्रदेशका केही स्थान, साथै कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हाल मध्यम वर्षा भइरहेको छ।
दिउँसोको मौसम पूर्वानुमान
आज दिउँसो देशभर सामान्य बदली हुने पूर्वानुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेश, साथै देशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
तराई भू-भागका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना छ।
भारी वर्षाको चेतावनी
महाशाखाले आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। भारी वर्षाका कारण भूस्खलन, पहिरो तथा नदी-खोलामा पानीको सतह बढ्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
सर्वसाधारणलाई आग्रह
मौसममा लगातार उतारचढाव देखिएकोले महाशाखाले नवीनतम मौसमी सूचनामा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ।
नेपाल पत्रकार महासंघले सरकारको कदमप्रति चार बुँदामा विरोध जनाएको छ । सरकारको यो निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रामा संकुचन ल्याउने कदम रहेको महासंघको ठहर छ ।
यस्तै, यो निर्णयले नागरिकको सूचनाको हक समेत प्रवाभित हुने महासंघले बताएको छ । सामाजिक सञ्जाल नियमन गर्नुपर्ने भएपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रणको कदमलाई स्वीकार गर्न नसक्ने महासंघको भनाइ छ ।
‘नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन महासंघ जोडदार माग गर्दछ,’ महासंघले भनेको छ ।
सामाजिक सञ्जाल बन्द हुँदाका असर
सामाजिक सञ्जाल बन्द हुँदा यसबाट आम्दानी गरिरहेका कन्टेट क्रिएटर र स्वयं सरकारलाई समेत आर्थिक नोक्सानी पुर्याउनेछ । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालबाट सरकारले गत आर्थिक वर्षमात्रै ९३ करोड राजस्व संकलन गरेको थियो ।
विद्युतीय सेवा कर र मूल्य अभिवृद्धि करअन्तर्गत सामाजिक सञ्जाल कम्पनीले उक्त रकम बराबरको कर भुक्तानी गरेको आन्तरिक राजस्व विभागको तथ्यांक छ ।
सामाजिक सञ्जाल प्लेटफर्म बन्द हुँदा राजस्वमा असर पर्नसक्ने राजस्व विभागका महानिर्देशक मदन दाहाल बताउँछन् । ‘सञ्जाल सक्रिय हुँदा सरकारको राजस्व संकलनमा सामाजिक सञ्जालको राम्रै योगदान थियो । निष्क्रिय भएको खण्डमा यसमा असर पर्नसक्छ,’ उनले भनेका छन् ।
विगतमा टिकटक बन्द हुँदा व्याण्डविथको खपत कम हुँदा दूरसञ्चार प्रदायक नेपाल टेलिकमसहित अन्यको आम्दानीमा समेत असर पुगेको थियो । सामाजिक सञ्जालमार्फत प्रचार गरी सानो लगानीमा व्यापार गर्नेलाई पनि सरकारको यो निर्णयले प्रतिकूल असर पार्नेछ ।
सामाजिक सञ्जाल सम्पर्कको पनि सशक्त माध्यम हो । फेसबुक मेसेन्जरमा इष्टमित्र/नातागोतासँग सम्पर्क गर्न स्मार्ट फोन प्रयोग गर्ने वृद्धवृद्धा अभ्यस्त छन् । अब यी बन्द हुँदा त्यस्तो सम्पर्कका लागि विकल्प खोज्नुपर्ने हुन्छ ।

भीपीएन र यसको प्रयोग नगर्न प्रहरीको सूचना
सामाजिक सञ्जाल बन्द भएको खण्डमा भर्चुअल प्राइभेट नेटवर्क भीपीएनको विकल्प पनि प्रयोगकर्तासँग रहन्छ । यस प्रविधिले प्रयोगकर्ताको उपकरणलाई इन्टरनेटको व्यापक सञ्जालसँग जोड्दछ ।
प्रयोगकर्ताले प्रयोग गर्दै आएको उपकरणलाई सेवा प्रदायकको माध्यम हुँदै भीपीएनले व्यापक इन्टरनेट सञ्जालमा जोड्दछ । सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जाल वा अन्य साइटको प्रतिबन्ध छल्न भीपीएन प्रयोग हुन्छ ।
नेपाल प्रहरीले भने भीपीएन प्रयोग नगर्न नागरिकलाई सुचित गरेको छ । भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुनसक्ने र बैंकिङ एप ह्याक हुनसक्ने र उपकरणमा भाइरसको जोखिम हुने भएकाले भीपीएन प्रयोग नगर्न भनेको छ ।
प्रहरीको साइबर ब्युरोको सूचनामा भनिएको छ, ‘जथाभावी भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट र बैंकिङ एप ह्याक हुनसक्छ ।’







