जेन जी आन्दोलनको प्रभाव : फेसबुक चल्न थाल्यो
323 पटक पढिएको
काठमाडौं । काठमाडौंमा जेन जी पुस्ताको आन्दोलन चर्किएसँगै सोमबार दिउँसोबाट एकाएक फेसबुक खुल्न थालेको छ ।
अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले सोमबार दिउँसोदेखि फेसबुक खुला गरेको प्रयोगकर्ताहरूले बताएका छन् । देशभरका प्रयोगकर्ताले फेसबुक सामान्य रुपमा प्रयोग गर्न सकिने प्रतिक्रिया दिएका छन् । तर, कम्पनीहरूले भने यसबारे कुनै औपचारिक जानकारी दिएका छैनन् ।
यसअघि सरकारले दर्ता नभएको भन्दै फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा आज राजधानीमा जेन जी पुस्ता सडकमा उत्रिएको हो ।
आन्दोलनकै दबाबका कारण फेसबुक खुल्न थालेको हुन सक्ने अनुमान गरिएको छ ।







