विभिन्न कारागारबाट फरार ४७ कैदी धादिङको गजुरीबाट पक्राउ

275 पटक पढिएको

२६ भाद्र २०८२, बिहीबार २०:२२ सम्पादक: धादिङ न्यूज

धादिङ -हालै विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ४७ जनालाई धादिङको गजुरीस्थित भैरवगण व्यारेकबाट गस्तिमा खटिएका नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।

गत भदौ २५ गते बेलुकी देशका विभिन्न कारागारमा भएको हिंसात्मक घटनापछि ठूलो संख्यामा कैदीबन्दी फरार भएका थिए। गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षाकर्मी परिचालन गरी फरार सूचीमा रहेका कैदीबन्दीमध्ये धादिङमा मात्रै ४७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

पक्राउ परेकामध्ये अधिकांशलाई ज्यान मार्ने, करणी, ठगी, डकैती तथा लागुऔषध कारोबार जस्ता गम्भीर आपराधिक मुद्दामा कैद सजाय सुनाइएको थियो। पक्राउ गरिएकाहरूलाई नुवाकोट स्थित केन्द्रिय कारागारमा पठाईएको जिल्ला प्रशासन कार्यालय धादिदङले जनाएको छ ।

यसअघि कारागार तोडफोड गरी भागेका कैदीहरूको पहिचान गरी प्रहरी, सशस्त्र प्रहरी र सेनाले संयुक्त रूपमा खोजी अभियान चलाइरहेका छन्। अन्य फरार कैदीबन्दीको खोजी अझै जारी छ।