अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ-एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे

400 पटक पढिएको

२९ भाद्र २०८२, आईतवार ११:१८ सम्पादक: धादिङ न्यूज

 

काठमाडौं– मुलुकमा देखिएको अस्थिरता र राजनीतिक अविश्वासबीच नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले दलहरूले अब नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत  हालको संकट समाधान गर्न नेतृत्व र संगठनमा व्यापक पुनर्गठन अपरिहार्य भएको टिप्पणी गरेका छन्। पाण्डेले सबै दलले आफ्नो अतीतको मूल्याङ्कन गरी सही बाटो रोज्नुपर्नेमा जोड दिएका छन्।

पाण्डेको सन्देशले मुलुकको राजनीतिक संकट समाधान गर्न केवल सत्ता समीकरण परिवर्तन मात्र नभई संगठनात्मक पुनर्निर्माण र वैचारिक स्पष्टता आवश्यक भएको औँल्याएको देखिन्छ।