बेनीघाट रोराङमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
248 पटक पढिएको
धादिङ- २,असोज । बेनीघाट रोराङ गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया, उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेल, सम्पूर्ण शाखा प्रमुखहरू, बेनीघाट अस्पतालका डाक्टर उद्धव थपलिया, जनस्वास्थ्य कार्यालय धादिङका तथ्याङ्क अधिकृत राजन चालिसे, स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनिधिहरू साथै विद्यालय नर्सहरू उपस्थित थिए।
कार्यक्रमको मुख्य उद्देश्य आर्थिक वर्ष २०८१/८२ मा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि, चुनौती तथा आगामी योजना समीक्षा गर्नु रहेको थियो। उपस्थित प्रतिनिधिहरूले स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर सुधार र समुदायमा पहुँच विस्तार गर्ने उपायहरूमा छलफल गरेका छन्।
गाउँपालिकाका अधिकारीहरूले स्वास्थ्य संस्था र विद्यालय नर्सहरूले पुरा गरेका कार्यक्रमहरूको सराहना गर्दै आगामी वर्षमा अझ प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।







