मुग्लिन–काठमाडौँ सडकखण्ड तीन ठाउँमा पहिरो, आवागमन ठप्प

191 पटक पढिएको

८ आश्विन २०८२, बुधबार २१:३७ सम्पादक: धादिङ न्यूज

 

धादिङ । धादिङको बेनीघाट–रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा बुधबार दिउँसो ठूलो पहिरो खस्दा पृथ्वीराजमार्ग फेरि अवरुद्ध भएको छ। मंगलबार दिउँसो करिब १८ घण्टापछि सञ्चालनमा आएको यो खण्ड पुनः बन्द भएपछि दशैं मनाउन राजधानी काठमाडौँबाट जिल्लातर्फ जाँदै गरेका यात्रुहरू बिचल्लीमा परेका छन्।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार मुग्लिन–काठमाडौँ सडकखण्डमा अहिलेसम्म जवाङखोला, खटौटी र घोप्टेभीरगरी तीन ठाउँमा पहिरो खसेका कारण दुईतर्फी सवारी सञ्चालन असम्भव भएको हो । निरन्तर पानी परिरहेको र रातिको समयमा काम गर्न जोखिमपूर्ण हुने भएकाले आज पहिरो पन्छाउने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

जाममा परेका यात्रुलाई जोखिमपूर्ण क्षेत्रमा नबस्न र सजग रहन प्रहरीले आग्रह गरेको छ ।