मगर संघ धादिङका अध्यक्ष कुलबहादुरको हृदयघातका कारण निधन
529 पटक पढिएको
धादिङ । नेपाल मगर संघ बागमती प्रदेशका सदस्य तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङका अध्यक्ष कुलबहादुर थापा मगरको निधन भएको छ । हृदयघातका कारण २०८२ साल असोज ९ गते उहाँको निधन भएको संघका पूर्व अध्यक्ष हरिशंकर गिदेल मगरले जानकारी दिनु भयो ।
अत्यन्तै मिलनसार स्वभावका कारण सबैको मनमा बस्न सफल थापा मगरले सहकारी क्षेत्र र मगर समुदायका लागि उल्लेखनीय योगदान पुर्याउनुभएको थियो ।
उहाँको निधनप्रति नेपाल मगर संघ जिल्ला समन्वय समितिका सल्लाहकार सदस्यहरू, जिल्ला समितिका पदाधिकारीज्यूहरू तथा लाङ्घाली बहुउद्देश्य सहकारीले गहिरो शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गरेका छन् ।







