माओवादी केन्द्रीय कमिटी भंग, मंसिरमा विशेष महाधिवेशन

348 पटक पढिएको

१० आश्विन २०८२, शुक्रबार १७:४० सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको हो ।

आज सकिएको केन्द्रीय कमिटी बैठकले महाधिवेशनमार्फत पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने निर्णय गरेको हो ।