‘फेसबुक’मा स्टाटस लेख्दै नदीमा हामफालेपछि दुई जना बेपत्ता
242 पटक पढिएको
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्।
आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा स्टाटस लेख्दै चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको प्रहरीको प्रारम्भिक जानकारी छ।
प्रहरी सहायक निरीक्षक शंकर पोखरेलका अनुसार स्थानीयले उनीहरू नदीमा गएको खबर दिएका थिए। पिप्लाङ प्रहरी चौकीबाट खोजीकार्य सुरु गरिए पनि हालसम्म भेटाउन नसकिएको उनले बताए।
बेपत्ता भएका हंस बुढा गाउँपालिकाको शिक्षा शाखामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत रहेको जनाइएको छ।







