वेस्ट इन्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्ने

225 पटक पढिएको

१३ आश्विन २०८२, सोमबार २०:१२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ ।

युएईको शारजाह क्रिकेट स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग रोजेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । यससँगै वेस्ट इन्डिजले पहिला बलिङ गर्ने भएको छ ।

युनिटी कप टी-२० अन्तर्गतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।