धौखोला पुल पुनः बाढीले भत्किँदा आवागमन ठप्प
393 पटक पढिएको
धादिङ । ज्वालामुखी गाउँपालिका–४ दोवानटार र नीलकण्ठ नगरपालिका–८ को सिमानामा रहेको धौखोला पुल पुनः बाढीले क्षति पुर्याउँदा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।
गत असारमा आएको बाढीले पुल क्षतिग्रस्त बनेपछि ससाह–धौखोला–अमाराई–मैदी सडकखण्डमा सवारी आवागमन बन्द भएको थियो । दशैँ नजिकिँदै गर्दा असोज ९/१० गते सामान्य गाडी गुड्ने गरी मर्मत गरिएको पुल हिजो बेलुकीको वर्षातपछि पुनः भत्किँदै यातायात अवरुद्ध भएको हो ।
यो सडक नीलकण्ठ नगरपालिका, ज्वालामुखी र सिद्धलेक गाउँपालिकालाई जोड्ने प्रमुख मार्ग भए पनि स्थानीय सरकारहरु बेखबर जस्तै देखिएको स्थानीयवासीको आरोप छ । उनीहरूले चाडपर्वमा समेत सडक मर्मतमा बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्दै, सरकार नसक्ने हो भने श्रमदानमार्फत पुल बनाउन तयार रहेको जनाएका छन् ।








https://shorturl.fm/TC1Kl
https://shorturl.fm/eROeH