नेपाली महिला क्रिकेट टिम मलेसियासँग ३ रनले पराजित

640 पटक पढिएको

१७ आश्विन २०८२, शुक्रबार ०७:०२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिम मलेसियासँग ३ रनले पराजित भएको छ ।

विहिबार मलेसियामा सम्पन्न ५ खेलको सिरिजको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले पराजित गरेको हो ।

मलेसियाले दिएको १०५ रन लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १०१ रन बनाएको थियो । यसअघि महिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १०४ रन बनाएको थियो ।

यो जितसँगै ५ खेलको सिरिजमा मलेसिया १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल शनिबार हुने तालिका रहेको छ ।