धादिङबेसी तिप्लिङ सडकको सेउलीमा बोलेरो पल्टिँदा १४ जना घाइते

316 पटक पढिएको

१७ आश्विन २०८२, शुक्रबार १५:४५ सम्पादक: धादिङ न्यूज

धादिङ- नीलकण्ठ नगरपालिका वडा नम्बर १३ सेउली नजिकै भएको दुर्घटनामा १४ जना घाइते भएका छन्।

उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ पेर्चाबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५५ नम्बरको बोलेरो गाडी सेउली नजिकै पल्टिँदा दुर्घटना भएको हो। बोलेरोमा दशैं मनाएर गाउँबाट फर्कदै गरेका तथा आफन्तहरुकोमा टिका लगाउन हिंडेकाहरु रहेका थिए ।

दुर्घटनामा घाइतेमध्ये ११ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा र जनपथ प्रहरीले छिटो उद्धार गरेर घाइतेलाई अस्पताल पुर्याएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालका अनुसार, घाइतेमध्ये ९ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गर्दैछ र घाइतेको स्वास्थ्य स्थिति नियमित रूपमा अपडेट गरिने जनाइएको छ।