काठमाण्डौबाट धादिङको गल्छी हिंडेका रोमन बाटोमै हराए, खोजीका लागि परिवारको आग्रह

302 पटक पढिएको

२० आश्विन २०८२, सोमबार २१:१५ सम्पादक: धादिङ न्यूज

धादिङ-गल्छी गाउँपालिका–८, गौरीगाउँका रोमन तामाङ मिति २०८२ असोज १८ गते काठमाडौंबाट घर जाने भन्दै निस्किएका थिए। तर उनी हालसम्म घर नपुगेको परिवारले जनाएको छ।

परिवारका अनुसार, उनी काठमाडौंबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएका हुन्। निरन्तर खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि परिवारले सर्वसाधारण र सम्बन्धित निकायलाई उनको वारेमा केही सूचना पाए जानकारी गराउन अनुरोध गरेको छ।

उनीलाई कतै देख्नुभएमा नजिकको प्रहरी चौकी वा फोन नम्बर ९८४३३१५४५४ मा खबर गर्न अनुरोध गरिएको छ।

प्रहरीले समेत हराइएका तामाङको खोजी कार्य सुरु गरेको र आवश्यक सहयोगका लागि सबैलाई अनुरोध गरेको छ।