खानीखोलामा भेटियो पुरुषको शव, सनाखतका लागि प्रहरीको अनुरोध

267 पटक पढिएको

२२ आश्विन २०८२, बुधबार ०७:३६ सम्पादक: धादिङ न्यूज

धादिङ, २२ असोज  । धादिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित  धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले तल हरियो रंगको ट्रयाक, माथि खैरो रंगको भेष्ट लगाएका थिए। घाँटीमा बुट्टीमाला रहेको र अनुहार मंगोलियन देखिने बताइएको छ।

शव सडेको अवस्थामा भेटिएकाले हालसम्म सनाखत हुन सकेको छैन। प्रहरीले उक्त हुलियाका व्यक्ति तपाईंको वरपर वा गाउँबाट हराएका भए जानकारी दिन अनुरोध गरेको छ।

शवको पहिचानका लागि वा कसैले चिन्ने भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा जिल्ला प्रहरी कार्यालय धादिङ वा इलाका प्रहरी कार्यालय खानिखोला धादिङका निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ ।
📞 ९८५१२८३४८०, ९८५१२८२९११, ९८५१२९२९११