सरकारी सवारी साधनको प्रयोगमा गल्छी गाउँपालिकाले कडाइ गर्ने
294 पटक पढिएको
धादिङ,२२ असोज । सरकारी नम्बर प्लेटका सवारी साधनहरुको दुरुपयोग बढेको जनगुनासो बढ्न थालेपछि धादिङको गल्छी गाउँपालिकाले सरकारी सवारी साधनको प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले २०८२ असोज २२ गते पठाएको पत्रका आधारमा गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी कार्यालयका सबै कर्मचारी र जनप्रतिनिधिहरूलाई सवारी साधन प्रयोगमा मापदण्ड पालना गर्न निर्देशन दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलद्धारा जारी गरिएको पत्रका अनुसार अनुसार सरकारी सवारी साधन केवल कार्यालयका कार्यगत प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइनेछ। व्यक्तिगत भेटघाट, किनमेल, धार्मिक, सामाजिक तथा विद्यालय सम्बन्धी कार्यक्रममा प्रयोग गर्न नपाइने जनाइएको छ। साथै कार्यालय समय बाहेक सवारी चलाउन परेमा अनुमति लिनुपर्ने, सवारी प्रयोगको विवरण र लगबुक अनिवार्य भर्नुपर्ने तथा दुरुपयोग वा दुर्घटनाको घटनामा सम्बन्धित व्यक्ति जिम्मेवार हुने उल्लेख गरिएको छ।
गाउँपालिकाले सरकारी सम्पत्तिको दुरुपयोग रोक्न र पारदर्शिता कायम गर्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ।








https://shorturl.fm/RcFA7
https://shorturl.fm/dGHMP