चितवनमा प्रहरीको भेषमा मध्यरातमा पत्रकारको घरमा चोर पसेपछि
378 पटक पढिएको
चितवन, २८ असोज । केही दिन अघिको जेन्जी आन्दोलनका क्रममा चोरी गरेर लगिएको प्रहरीको पोशाक लगाएर चितवनको भरतपुरमा अनौठो घटना भएको छ । प्रहरीको बर्दी लगाएका व्यक्तिले मध्यरातमा पत्रकारको घरमा पसेर चोरीको प्रयास गरेका छन् ।
नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिका महासचिव पत्रकार राधेश्याम खतिवडाको घरमा सोमबार राती भएको यो घटनाले जेन्जी आन्दोलनका नाममा लुटिएका प्रहरीका हतियार,पोशाकको दुरुपयोग गरी अपराध कार्य हुन थालेको पुष्टि गरेको छ ।
रातमा प्रहरीको पोशाकमा आएका व्यक्तिहरूले घरमा चोरी प्रयास गरेपछि खतिवडा परिवार मात्रै होइन समाजनै त्रासमा परेको छ।
सोमबार राति सम्पन्न आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको क्रिकेट खेल हेर्न छिमेकमा काकाको घरमा गएको र त्यहाँ काकाको छोरा भाई संगै बसेर क्रिकेट खेल हेरेर करिब राति १२ बजे घर फर्किँदा सडक पोल र घर अगाडिको बत्ती निभिसकेको खतिवडाले बताए ।
घर नजिक पुग्दा एक अपरिचित युवक घरको ढोकाबाट निस्कँदै गरेको खतिवडाले देखेका थिए। सोधपुछ गर्दा ती युवकले आफू कारागारबाट भागेका कैदी खोज्न आएको प्रहरी भएको बताएका ति अपरिचित व्यक्तिले प्रहरीको जस्तै टल्किने जकेट र मास्क लगाएका थिए।
थप विवरण बुझ्न खतिवडा र उनका भाइले चासो राख्दा ती युवकले आफैंलाई सुरक्षाकर्मीको रूपमा चिनाउँदै हात मिलाए र केही बेरपछि हिँडेका थिए ।
घरमा पुगेर हेर्दा ढोकाअगाडि राखिएका जुत्ता सडकछेउमा पुगेको, बाइकको हेल्मेट र अन्य सामग्री सारिएको, झ्यालका पल्ला खोल्ने प्रयास भएको पाइएको दृष्य देखिएपछि प्रहरी बताउने व्यक्ति चोर भएको पत्ता लागेको हो ।
प्रहरी बर्दीधारीबाट शंकास्पद घटना भएपछि खतिवडाले तत्काल प्रहरीलाई खबर गरेका थिए। शुरुमा सुरक्षाको कारण घटनास्थल आउन नसक्ने जानकारी दिएको प्रहरी टोली केहीबेरमा घटनास्थलमा पुगेर स्थलगत निरीक्षण, फोटो खिच्ने कार्य गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिन थप सुरक्षाको उपाय अपनाउन सुझाव दिएर फर्किएको राधेश्यामले वताए ।
प्रहरीका अनुसार जेन्जी आन्दोलन पछि प्रहरीकै पोशाक र हतियार लिएर चोरी गर्ने गिरोहहरू सक्रिय रहेका छन्।
घटनाको बारेमा खतिवडाले भन्छन्,
“अँध्यारोमा त्यो युवकसँग जम्काभेट हुँदा डर लागेको थियो। पछि मात्र थाहा भयो, उनी प्रहरी होइन, भेष बदलेको चोर रहेछ।”
यो घटनापछि स्थानीय बासिन्दामा ‘को प्रहरी, को चोर’ छुट्याउनै नसकिने अवस्था सृजना भएको छ।
प्रहरीले रातको समयमा शंकास्पद व्यक्तिहरू देखिएमा तुरुन्त नजिकको प्रहरी चौकीमा खबर गर्न सबैलाई आग्रह गरेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् ।
सुरक्षा निकायले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार, खोसिएका प्रहरीका बर्दी र जेलबाट भागेका कैदीबन्दी मुख्य सुरक्षा चुनौती रहेको निष्कर्ष निकालेका छन् ।
नेपाल प्रहरीका अनुसार जेन–जी आन्दोलनका क्रममा प्रहरीको तथ्यांकमा १२ सयभन्दा धेरै हतियार गायब छन् । त्यसमध्ये एक सय हतियार जलेको अवस्थामा फेला परेका छन् । बाँकी ११ सय हतियार आन्दोलनका क्रममा लुटिएका हुन् । लुटिएकामध्ये अधिकांश हतियार थ्री नट थ्री राइफल र एसएलआर छन् । हतियार खोजी गर्न प्रहरीले मातहतको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मातहतका जिल्ला प्रहरी कार्यालयलाई सक्रिय तुल्याएको छ । तर, अझै फेला पर्न सकेका छैनन् ।
आन्दोलनका क्रममा प्रहरीको बर्दीसमेत लुटिएको थियो । हतियार र बर्दी प्रयोग हुने र त्यसले अकल्पनीय क्षति निम्त्याउने प्रहरीको बुझाइ छ । ‘








https://shorturl.fm/QzzSu
https://shorturl.fm/dbZKy
https://shorturl.fm/8nKwW
https://shorturl.fm/pZ2eB
https://shorturl.fm/qgstN