अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु, दुई घाइते
228 पटक पढिएको
अर्घाखाँची -अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा बुधबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, मृतकहरू पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार हुन्। उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेलबासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्। घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।







