विद्या भण्डारीको घर जलाएको आरोपमा चक्रे मिलन समूहका सोनम थेवे पक्राउ
207 पटक पढिएको
काठमाडौं,४ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा तोडफोड र आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोनम थेवे नामका व्यक्तिलाई आइतबार पक्राउ गरिएको हो। उनी गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) समूहका सदस्य भएको बताइएको छ।
गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा भंगालस्थित भण्डारीको निवासमा आक्रमण, तोडफोड र आगजनी भएको थियो।
सुरक्षा निकायले घटनापछि संलग्नहरूको खोजी जारी राख्दै आएको थियो। पक्राउ परेका थेवेलाई हाल महानगरीय अपराध महाशाखामा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।








https://shorturl.fm/QRXW7